राजनीति
बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता,मन्त्रिपरिषद् विस्तारबारे छलफल
०

काठमाडौँ,साउन १२ –
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद्द बिस्तार, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको जानकारी दिए ।
अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ । काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























