देश/प्रदेश
रविन्द्र मिश्रको प्रस्तावमा जनजाति महासंघको बिरोध
०

काठमाडौँ, साउन १२–
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव गरेपछि नेपाल आदिवासी जनजाति महासंघले विरोध जनाएको छ ।
महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको भन्दै बिरोध जनाएको हो । महासंघका अध्यक्ष जगत बरामले संविधान विपरीत प्रस्ताव आएको भन्दै विज्ञप्ती निकालेर कडा बिरोध जनाए । महासंघले
संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन महासंघले नेपाल सरकारलाई आग्रहसमेत गरेको छ। विज्ञप्तीमा भनिएको छ–‘अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने व्यहोरा व्यक्त गर्दछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























