राजनीति
संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे उठेको आवाज सकारात्मकः कमल थापा
०

काठमाडौं,साउन ११-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको धारणा राखेका छन्।
पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’शीर्षकको अवधारणा पत्रमार्फत सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारणा अगाडि सारेका थिए। सोही विषयमा बहस सुरु भएपछि थापाले यस्तो बताएका हुन्। उनले आफूहरु सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदै गएको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























