देश/प्रदेश
‘हेडकाउन्ट’ का लागि आयोग पुगे जसपाका नेता
०

काठमाडौं, साउन ११ –
सोमबार जनता समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले दुबै पक्षलाई आयोगमा बोलाएको हो । पछिल्लो समय पार्टी आधिकारिकतालाई लिएर उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद भइरहेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ। आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ। आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























