Breaking News

धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत अवस्थामा भेटिइन्

Banner

धादिङ,साउन १०-

गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोककी २० वर्षीया युवती सम्झना रोकाको शव आइतबार भेटिएको छ । साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाको शव घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।

घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीको शव सडेको अवस्थामा भेटिएको हो । घटनाको बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्रहरीसँग आग्रह गरेका छन् । शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>