देश/प्रदेश
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाको कारण १८ घण्टामा पाँच जनाको मृत्यु
०
लुम्बिनी,साउन १० –
लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाको अवधिमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गुल्मीका र रुपन्देही २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमित मृत्यु भएको हो । उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























