देश/प्रदेश

कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु

Banner

काठमाडौँ,साउन १० –

कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा उपस्थितभै शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।  भोलिबाट रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीहरु लगभक सबै सहभागी भएका छन् ।’ कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उनले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायत सबैलाई धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>