Breaking News

चितवनमा आज १४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित झण्डै दुई हजार पुग्यो

Banner

चितवन, साउन ९-

चितवनमा आज १४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा सो परिणामका संक्रमित थपिएका हुन् । जसमध्ये भरतपुर महानगरपालिकामा ९६ जना, खैरहनी नगरपालिकामा १४ जना, माडी नगरपालिकामा ८ जना, रत्ननगर नगरपालिकामा १४ जना, राप्तीमा ६ जना र कालिकामा ५ जना थपिएका छन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ९६२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ८२३ जना, अस्पतालको आइसोलेसनमा १२८ जना र सार्वजनिक आइसोलेसनमा ११ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा दुई जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या ३२० जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>