Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु, आईसीयू र भेन्टिलेटरमा ६० जनाको उपचार हुँदै

Banner

चितवन, साउन ७-

चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा तीन जना र चितवन मेडिकल कलेजमा एक जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन् । मृतक चार जनामध्ये एक जना चितवनको र बाँकी तीन जना चितवन बाहिरका हुन् ।

चितवनका विभिन्न अस्पतालमा १९७ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये ५० जना आईसीयूमा, १० जना भेन्टिलेटरमा, ५० जना एचडीयूमा र ९७ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>