देश/प्रदेश

संसदीय समितिमा सभापति कृष्णभक्त पोखरेलले सांसदहरूलाई स्वागत गर्दै काम सुरु

Banner

काठमाडौँ, साउन ७-

प्रतिनिधि सभा अन्तरगत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समितिका सांसदहरूलाई स्वागत गरेका छन् ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा उनले प्रतिनिधि सभा पुनर्स्थापना पछि पुनः भेट भएको भन्दै समिति बैठकमा स्वागत गरेका हुन् ।

उनले संसद् विघटनका कारण द्रुतगतिमा अघि बढिरहेको कामले गति लिन नपाएको बताए । उनले भने, ‘पहिलो पटक संसद् विघटनपछि पुर्नस्थापना भए पनि बिजनेस नहुँदा काम अघि बढ्न पाएन । अहिले फेरि हामी पुनर्जीवित भएर आएका छौ, यहाँहरू सबैलाई स्वागत छ ।’

प्रतिनिधि सभा दोस्रो पटक पुर्नस्थापना पछि बसेको समितिको पहिलो बैठकमा नयाँ कानुन मन्त्रीलाई स्वागत गर्ने, धनुषा र रौतहटमा प्रहरी हिरासतमा युवाको मृत्यु भएको घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउने विषयबारे छलफल हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>