राजनीति
कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई आठजना विज्ञले दिए १८ बुँदे सुझाव

काठमाडौँ,साउन ६-
कोभिड-१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् ।
सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ ।
अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।
अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।
मागपत्रमा डा। महेश मास्के, कुलचन्द्र गौतम, डा। रीता थापा, डा। बद्रीराज पाण्डे, डा। अरुण उप्रेती, डा। शिवकुमार राई, डा। छत्र अमात्य, डा। शरद वन्त, डा। अभिनव वैद्य, डा। समीर दीक्षित, डा। राजेन्द्र बिसी, डा। तीर्थ राना, डा। लोचना श्रेष्ठ, डा। विन्ज्वला श्रेष्ठ, डा। रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।
हेर्नूस मागपत्र:-





























