चितवन विशेष

आगलागी पीडित झाको परिवारलाई जेपि युवा क्लवको सहयोग

Banner

चितवन, साउन ६

राप्ती नगरपालिका वडा नम्बर ५ मा रहेको जेपि युवा क्लवले आगलागी पीडित भाइजी  झाको परिवारलाई सहयोग गरेको छ ।

राप्ती ५ निबासी हाल अष्ट्रेलियामा रहेका अर्जुन दनैको आर्थिक सहयोगमा क्लवले सो सहयोग गरेको जनाएको छ ।

घरैमा पुगि क्लवले ५ थान डसना, ५ थान तन्न, १० थान सिरानी र ५ थान कम्बल  सहयोग गरिएको क्लवका सचिव आर्यान सेढाइले बताए  ।

आगलागी भएको थाहा पाएपश्चात क्लवले आकस्मिक बैठकको आयोजना गरी पीडित झाको परिवारलाई सकेको सहयोग गर्ने निर्णय गरेको क्लबका अध्यक्ष  अबिप कंडेलले बताए  ।

सोमबार राती २ बजे भएको आगलागीमा स्थानीय  भाइजी झाको घरमा क्षति भएको हो । आगलागीबाट अनुमानित १८ लाखको क्षति भएको प्रहरिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>