राजनीति

पार्टी अध्यक्ष छोड्नुस्, एमाले एकताबद्ध हुन्छः झाँक्री

Banner

काठमाडौं,साउन ५-

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्न भनेकी छन्। उनले ओलीले अध्यक्ष छोडे पार्टी एकता हुने समेत बताएकी छन्।

उनले ओलीलाई आवेग र कुण्ठाबाट ग्रसित भएर आफूहरूसँग बदला नलिन समेत भनिन्। तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने तपाईंले मार्ग प्रशस्त गर्नुस्। तपाईंले पार्टी अध्यक्ष छोड्नुस्। र, नेकपा एमाले एकताबद्ध पनि हुन्छ। र, अब हामी नयाँ ढंगले अगाडि जान पनि सक्छौुं, झाँक्रीले भनिन्,होइन भने, हामीसँग पटकपटक बदलाको भावना लिने र एक प्रकारले उहाँले नै भनेजस्तो काठमाडौंमा रिसाएको बिरालोले कहाँ गएर खाँबो चिथोर्छ भन्नुहुन्थ्यो त्यो बेला। अहिले पनि उहाँले त्यो खाँबो चिथोरेजस्तो कुरा गर्नुभएन। किनभने हामीसँग बदला लिएर हुँदैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>