राजनीति

एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएपछि ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

Banner

काठमाडौं,साउन ५-

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो ।

बाँदरको मुकुन्डो लगाएका दर्जनौं कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला जलाएका थिए ।

नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>