चितवन विशेष
कांग्रेस चितवनको सचिवमा दवाडीको उम्मेदवारी घोषणा
चितवन, साउन ५-
नेपाली कांग्रेस चितवनको सचिव पदमा भरतप्रसाद दवाडीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दवाडीले आज सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघबाट २०३८ सालमा गितानगरबाट राजनीतिमा प्रवेश गरेका दवाडी अरुणोदय स्कुलको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुँदै २०४२ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगञ्ज जेल बसेका थिए । उनलाई २०४६ सालको जनआन्दोलनमा युवा र विद्यार्थीलाई आन्दोलनमा सहभागी गराएको कारणले पञ्चायत सरकारले सर्वाेस्वसहित आजिवन काराबासको सजाय सुनाएको थियो ।
उनले नेपाली कांग्रेसभित्र संस्कार बसाल्नको लागि आफूले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कांग्रेस पार्टीमा हुँदै गएको स्खलनबाट जोगाउन र संगठनलाई बलियो बनाउन मैले उम्मेदवारी दिँदै छु । मैले अत्यधिक मत पाएर सचिव पदमा निर्वाचित हुने आशा राखेको छु ।’ कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सदस्य भइसकेका दवाडी सहकारी अभियन्ताको साथै भ्रष्टचारविरुद्धको अभियानमा पनि संलग्न छन् ।