राजनीति
माधव नेपाल समूह सरकारमा जाने
०

काठमाडौं,साउन ५-
नेकपा एमालेको माधव नेपाल समूहले एक/दुई दिनमै सरकारमा जाने तयारी गरेको छ। नेपाल निकट सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका हुन्। उनले अबको एकरदुई दिनमै सरकारमा सहभागि हुने जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन।
उनकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद अहिले छलफलमा जुट्दै छन्। बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको हो। बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल गरिने ती नेताले जानकारी दिए। आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























