प्रदेश २

सर्लाहीमा करेन्ट लागेर ६० बर्षीय पूजारीको मृत्यु

Banner

जनकपुरधाम,साउन ५

सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ ।

बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>