राजनीति

उपप्रधानमन्त्री हाम्रो समूहलाई दिनुपर्छः रामचन्द्र पौडेल

Banner

काठमाडौं,साउन ४-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेता पौडेलले पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए ।

‘एकातिर गठबन्धन सरकार छ, त्यसलाई पनि सन्तुलनमा राख्न आवश्यक छ,’ बैठकमा सहभागी एक नेताले भने, पार्टीभित्र पनि सन्तुलन कायम राख्न प्रधानमन्त्रीपछिको दोस्रो पद हाम्रो समूहले पाउनुपर्छ भन्ने धारणा सबैको थियो ।’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा बैठकले जोड दिएको बताए । बैठकमा परिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.रामशरणा महत लगायत सहभागी थिए । कांग्रेस महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका तय भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>