अटो

खैरहनीको आर.जे. अटोले सार्वजनिक गर्‍यो होण्डाको नयाँ स्कुटर

Banner

चितवन, साउन ३–

पूर्वी चितवनको खैरहनीमा रहेको आर.जे.अटो प्रा.लि.ले होण्डाको नयाँ स्कुटर ग्राजिया (BS-6FI) सार्वजनिक गरेको छ । आज (सोमबार) एक कार्यक्रमकाबीच खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ, खैरहनी चेम्बर अफ कमर्शका उपाध्यक्ष उत्तम अधिकारी र सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलले स्कुटर सार्वजनिक गरेका हुन् ।

नयाँ सार्वजनिक गरिएको HONDA GRAZIA BS*6FI १२५ सीसीको स्कुटरमा दुई वटा मोडेल रहेको छ । जसमा STD, DLX छन् । यी दुवैको मूल्य क्रमशः २ लाख ६९ हजार ९ सय र २ लाख ८९ हजार ९ सय रहेको छ ।

यस स्कुटरले उच्च माइलेज दिने र साइट स्ट्याण्ड इन्जिन कटअप स्वीच, इन्जन अनअफ स्विच र टंकीमा भएको पेट्रोलले कति किलोमिटर यात्रा गर्न सकिन्छ ती सबै सबै डिस्पलेमा देखाउँछ । फूलिडिजिटल प्रविधि जडान गरिएको स्टाइलिस्ट तथा एट्रेक्टिभ लुक्समा रहेको यस स्कुटरले १०८ केजीको हाल बजारमा आएका स्कुटर मध्ये सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स १७१ एमएम रहेको आर.जे.अटो प्रा.लि.अध्यक्ष नारायण प्रसाद महतोले जानकारी दिए । उनले युवा तथा युवतीका लागि निकै उपयोगी रहेको यस स्कुटरले ग्राहकको मन जित्नेमा विश्वास व्यक्त गरे ।

यस्तै स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै अतिथिहरुले यस स्कुटरले धेरै भन्दा धेरै खरिद गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरुले होण्डाका मोटरसाइकल तथा स्कुटर सबैको रोजाइँमा परेकाले यस स्कुटरलाई झनै सबैले मन पराउने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>