Breaking News

ओलीको व्यङ्ग्य: देउवा सरकार कवाडी रिसाइकलबाट बनेको ‘टालाटुली बटुली, कति राम्री पुतली’

Banner

काठमाडौं, साउन ४- 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै देउवाले पाएको विश्वासको मतलाई ओलीले कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन् ।

‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो,’ ओलीले कटाक्ष गरे । देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला सुरु गर्ने उनले बताए ।

‘जनविरोधी काम सुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले भने । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको ओलीले आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>