राजनीति
संसदमा जसपा विभाजितः महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम सत्ता पक्षमा
०

काठमाडौं,साउन ३-
कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।
जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । पहिलो बैठकमा माधव नेपाल पनि उपस्थित रहेनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























