चितवन विशेष

भरतपुरको वडा नम्बर १ मा आज शिक्षकहरुलाई मात्रै कोरोना विरुद्धको खोप

Banner

भरतपुर, साउन ३-

भरतपुर महानगरपालिकाको एक नम्बर वडामा शिक्षकहरुलाई मात्रै कोरोना विरुद्धको खोप लगाइएको छ ।

महानगरपालिकाको आदेश अनुसार वडाले आज २०० जना शिक्षकहरुलाई मात्रै खोप लगाएको हो  ।

खोप लगाउन भनेर पुगेका विभिन्न कार्यालयका कर्मचारीहरु खोप लगाउन नपाएको भन्दै फर्किएका थिए । स्थानीय देब कुमारी तामाङ खोप लगाउन नारायणगढको सुनौलो भविष्य नेपालको भवनमा पुगिन् । शिक्षकहरुले मात्रै खोप लगाउन पाउने भनेपछि आफूले खोप लगाउन नपाएको उनले नारायणी अनलाइनसँग गुनासो गरिन् । १ नम्बर वडामा मात्रै यस्तो गरेको उनले बताएकी छन् । स्कुलका पनि शिक्षकहरुलाई मात्रै खोप लगाएको तर अन्य कर्मचारीहरुले भने खोप लगाउन नपाएको उनले बताएकी छन् ।

१ नम्बर वडामा ६ वटा विद्यालय रहेका छन् । जसमा २ वटा निजी विद्यालय छन् । सबै विद्यालय गरेर २०० जनाको नाम पहिल्यै नै महानगरमा पठाएको र उक्त नाम लिष्टमा भएकाहरुलाई मात्रै खोप लगाइएको वडा सदस्य गंगादेवी पोख्रेलले जानकारी दिइन् । उनका अनुसार हिजो ५५ वर्षमाथिका सबैलाई खोप लगाएको थियो । अब शैक्षिक संस्थाहरु पनि खुल्ने भएकोले पनि उनीहरुलाई खोप पुगोस् भनेर पनि उनीहरुलाई खोप लगाइएको पोख्रेलले बताइन् । वडाबाट पनि शिक्षकहरुको मात्रै नाम पठाइएकोले पनि उनीहरु सबैलाई खोप लगाइएको उनले बताइन् । बैँकका कर्मचारीलाई पनि केही समयपछि खोप आउने उनले बताइन् ।

भरतपुरकी महिला स्वयंमसेविका सुभद्रा श्रेष्ठले अनुसार भीडभाड कम गराउनको लागि पनि आज शिक्षकहरुलाई मात्रै खोप लगाइएको जानकारी दिइन् । हिजो पनि १ नम्बर वडाले ५५ वर्षभन्दा माथिका २६० जनालाई खोप लगाइएको उनले बताइन् । शैक्षिक संस्थाहरु खुल्ने क्रम छिट्टै हुने भएकोले पनि शिक्षकहरुलाई खोप लगाइएको हो । महानगरले आइतबारसम्म मात्रै १८ हजार ३०५ जनालाई कोरोना विरुद्धको खोप लगाएको छ । हिजो मात्रै महानगरले एक हजार १९६ जनालाई खोप लगाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>