अर्थ

भरतपुरको सिनर्जी चोकमा खुल्यो कालिका स्पोर्टस हाउस

Banner

चितवन, साउन ३

भरतपुरको सिनर्जी चोकमा खुल्यो कालिका स्पोर्टस हाउस सञ्चालनमा आएको छ । आज आइतबारदेखि स्पोर्टस हाउस सञ्चालनमा आएको हो ।

युवा व्यावसायी चन्द्रलाल तामाङ्ग र रविन श्रेष्ठले पसल सञ्चालनमा ल्याएका हुन् । पसलमा सबै प्रकारका खेलकुद सामग्री उपलब्ध हुने सञ्चालक तामाङ्गले बताए ।

२० लाखको लगानीमा सञ्चालनमा ल्याइएको पसलमा सुभारम्भको अवसर पारेर २० देखि २५ प्रतिशतसम्म छुट दिइएको उनले बताए । पसलको उद्घाटनको अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधान, युवा परिषद् चितवनका अध्यक्ष अश्विन घिमिरे, युवा संघ चितवनका संयोजक सुशिल केशी, खेलकुद पत्रकार संघ चितवनका सदस्य कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>