Breaking News
नेपालमा थप १८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
०

काठमाडौं,साउन २-
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा गरिएको नमुना परीक्षणमा पीसीआर परीक्षणबाट १ हजार ३ सय १० जना र एन्टिजेन परीक्षणमा ५६५ जनामा कोरोना संक्रमणपुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























