राजनीति

ओलीले आज पनि बोलाए स्थायी कमिटी बैठक

Banner

काठमाडौं, साउन २ –

एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। तुल्सीलाल आमात्य भवन च्यासलमा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।

विधान अधिवेशन र ४ गते बस्ने केन्द्रीय कमिटी बैठकबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । शुक्रबार पनि ओलीसहित स्थायी कमिटी बैठक बसेको थियो। बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

शुक्रबारको बैठक रोक्न वरिष्ठ नेता माधव नेपाल पक्षले आग्रह गरेको भए पनि ओलीले अस्वीकार गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>