राजनीति
यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह
०

काठमाडौँ,साउन २ –
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो ।
भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























