राजनीति

गोकुल बास्कोटा भन्छन्–दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्

Banner

काठमाडौं,साउन २-

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको उदाहरण दिँदै माधवकुमार नेपाललाई त्यसबाट सिक्न सुझाव दिएका छन् ।

‘चोइटिएका माओवादी’हरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेको स्मरण गराउँदै मिल्नका लागि सुझाव दिएका छन् ।अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने उनको बुझाइ छ । भन्छन्– दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।

विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण पेस गर्दैैं सामाजिक सञ्चालमार्फत् बास्कोटाले भनेका छन्– फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>