राजनीति

विप्लवले बाबुराम भट्टराईसंग पनि गरे भेटवार्ता

Banner

काठमाडौं, साउन १ –

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसंग भेटघाट गरेका छन् ।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा जसपा नेता हिसिला यमी पनि छन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल गरिरहेका छन् । यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर भेटघाट गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>