राजनीति
एमाले नेता आलेले भनेः देउवालाई भेटेर मन्त्री मागेको छैन
०

काठमाडौं, असार ३१-
पूर्वमन्त्री प्रेम आलेले आफू कुनै हालतमा केपी शर्मा ओलीलाई छाड्ने पक्षमा नरहेको बताएका छन् । मन्त्री बन्नका लागि कसैलाई नभेटेको बताए ।
‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन,’ आलेले भने,‘ यो मन्त्री मागेको भन्ने कपोकल्पित र भ्रामक खबर हो ।’आलेले आफू ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेको बताए । उनले भने,‘ मैंले शेरबहादुर देउवालाई भेटेको छैन । ढाडको नशा च्यापिएर उपचार गराइरहेको छु ।’
आलेले पार्टी एक नभएकोमा भने आफू असन्तुष्ट भएको बताए । उनले भने, ‘म पार्टी एक नहुँदा निकै असन्तुष्ट छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























