राजनीति

एमाले कार्यदलको १० बुँदे सहमति स्वागतयोग्यः नेता भट्टराई

Banner

काठमाडौं,असार २७-

नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सहमति स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ ।’ नेता भट्टराईले भनेका छन्, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>