राजनीति

मृत्यु संस्कार परिवर्तन हुनुपर्छ,सांस्कृतिक आन्दोलन आवश्यक छः अध्यक्ष केसी

Banner

परासी, असार २७-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मृत्यु संस्कारमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । जनमोर्चा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सल्लाहकार तिलक सुवेदीका पिता शालिकरामको १२ औँ दिनका पुण्यतिथिमा आज सुनवलमा आयोजित शोकसभालाई सम्बोधन गर्दै नेता केसीले अव्यावहारिक संस्कार परिवर्तनका लागि सांस्कृतिक आन्दोलन जरुरी रहेकामा जोड दिनुभयो ।

जनमोर्चाका सल्लाहका सुवेदीले मृत्यु संस्कार रुढीवादी र अवैज्ञानिक भएको बताउँदै आफ्ना मातापिताको क्रियाकर्म नगरेको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>