राजनीति

नेपाललाई प्रचण्डले भनेः ‘हाम्रो साथ नछाड्नुहोस्, ओलीबाट धोका पाउनुहुन्छ’

Banner

काठमाडौं,असार २६-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरि सुझाव दिएका छन् । शनिबार नेपालको निवास कोटेश्वर पुगेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग धोका पाउने भएकाले आफूहरुको साथ नछाड्न सुझाव दिएका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले भने, ‘ओलीजी विश्वासयोग्य नेता होइन। जतिबेला पनि धोका हुन सक्छ। यसमा चाहिँ ख्याल गर्नुस् । त्यसैले ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नुहोस्।’

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत नेता नेपाललाई आग्रह गरेका छन्। सबै कुरा सुनेपछि नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएका छन् ।

दुई भागमा विभाजित एमालेलाई एकता गर्न गठित कार्यदलले शुक्रबार सात घन्टाभन्दा लामो छलफल गरी एकताको सहमतिको विन्दुमा पुगेको संकेत दिएको भोलिपल्टै नेता नेपाललाई अध्यक्ष प्रचण्डले भेटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>