राजनीति
ओली पक्षको राष्ट्रिय युवा संघले सडक प्रदर्शन गर्दै
०

काठमाडौं, असार २६ –
नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले बताएका हुन् ।
वर्तमान सरकार र नेकपा एमालेको विरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको विरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारासहित प्रर्दशन गर्ने भएका छन् ।
सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनबिरुद्ध युवासंघले सडक प्रदर्शन गर्न लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























