राजनीति

म एमालेमै छु,माओवादी केन्द्रमा फर्किने सम्भावना छैनः टोपबहादुर रायमाझी

Banner

काठमाडौं, असार २५-

नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले केही समयअघि उहाँको नाम जोडेर आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुले उहाँ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको समाचार प्रकाशित गरेका थिए ।उहाँद्वारा जारी प्रेस विज्ञप्तिमा पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको जनाउँदै त्यस्तो समाचारप्रति विश्वास नगर्न अपिल गर्नुभएको छ । उनले माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको प्रष्ट पारे ।

क.प्रचण्डले राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ । विज्ञप्तिमा सो कुरा उल्लेख गर्नुहुँदै नेता रायमाझीले समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क.केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको जनाउनुभएको छ ।

औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन यस्तो समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>