अन्तर्राष्ट्रिय
कोभिड १९ बिरुद्ध खोपको बौद्धिक सम्पति अनुमतिबारे भारतको प्रस्ताबमाथि संयुक्त राष्ट्रसंघका प्रमुखद्धारा समर्थन
नयाँ दिल्ली,असार २५-
संयुक्त राष्ट्रसंघ (युएन) का प्रमुख एन्टोनिया गुटर्सले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे भारतको प्रस्ताबलाई समर्थन गरेका छन् । भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे गरेको प्रस्ताबमाथि संयुक्त राष्ट्रसंघ प्रमुख गुटर्सले समर्थन जनाएका हुन् । यधपी, खोप सामाग्री अनुमति लिँदा प्राविधिक रुपले टेक्नोलोजी रुपान्तरणमा साथ दिनुपर्ने गुटर्सले जोड दिएका छन् ।
बेलायतको कर्नवाल शहरमा आयोजित जी सेभेन सम्मेलनमा बोल्दै युएन् प्रमुख गुटर्सले खोपको बौद्धिक सम्पति अनुमतिको बिषयमा साथ दिने बताएका हुन् । भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोपको उत्पादन र प्रयोगको अनुमतिका लागि विश्व व्यापार संगठन (डब्लुटीओ) मा प्रस्ताब राखेका छन् । भारत र दक्षिण अफ्रिकाले विकासोन्मुख राष्ट्रहरुमा खोपको छिटो र सहज पहुँच हुनुपर्ने माग गर्दै खोपको बौद्धिक सम्पति अनुमतिका लागि डब्लुटीओ मा प्रस्ताब राखेका हुन् ।
बौद्धिक सम्पति अधिकारका समस्याहरु सम्बोधन गर्नेजस्ता बिषयमा विस्तृत कार्यक्रम अबलम्बन गर्नुपर्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्ताबलाई साथ दिने गुटर्सले बताए । खोपको बौद्धिक सम्पति अनुमति उपलब्ध गर्नका लागि सरकार तथा औषधी कम्पनीहरुबीच बलियो सहकार्य र सहमति आवश्यक रहेको गुटर्सले बताए । अमेरिकाले पनि विश्वमा कोरोना माहामारी बिरुद्ध लड्नका लागि खोप उपलब्ध गर्न खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको बिषयलाई समर्थन गर्दै आएको छ । स्रोतः द इकोनोमिक टाईम्स