चितवन विशेष
बोपारा लगातार तेस्रो सिजन चितवनमा
०

चितवन,साउन २२-
इंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपाराले लगातार तेस्रो वर्ष चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । चितवनले शुक्रबार समाजिक सञ्जालबाट उनले पुनः खेल्न लागेको जनाएको छ ।
बोपारा एनपीएलका सफल ब्याटरमा पर्छन् । दुई सिजनमा गरी उनले ५ सयभन्दा बढि रन बनाएका छन् । उनले पहिलो सिजनमा ३ अर्धशतकसहित १३५ माथिको स्ट्राइक रेटमा २ सय ८६ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउने सूचीमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था भन्दा ७ रनले मात्र पछाडि थिए ।
गत सिजन पनि उनले सुरुको ३ खेलमा लगातार अर्धशतक बनाएका थिए । उनले कुल ७ खेलमा १३० माथिको स्ट्राइक रेटमा २ सय ३७ रन बनाएका थिए । मार्चमा उनले काउन्टी क्रिकेटबाट संन्यास लिएका थिए । हाल उनी इंग्ल्यान्डमा भइरहेको द हन्ड्रेडमा कमेन्ट्रीको भूमिकामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























