Breaking News

पूर्वी चितवनको राप्तीमा भोलि साँझसम्म कफ्र्युको समय थप

Banner

चितवन, असार २३-

पूर्वी चितवनको राप्तीमा भोलि साँझसम्म कफ्र्युको समय थप भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि साँझ ७ बजेसम्म कफ्र्युको समय थप गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार सो क्षेत्रको अवस्था सामान्य नभएकाले कफ्र्युको समय थप गरिएको हो । प्रशासनले बिहान तीन घण्टा अत्यावस्यक सामान खरिद गर्न भने पाइने जनाएको छ । बिहान ५ देखि ८ बजेसम्म अत्यावश्यक सामान खरिदबिक्री गर्न पाइने प्रशासनले जनाएको छ । आज पनि सुजितालाई न्यायको माग गर्दै स्थानीयले खैरहनीमा २० मिनेट टायरबालेर प्रदर्शन गरेका थिए । सुजिता मृत भेटिएपछि घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै हिजो दिनभर राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन र झडप भएपछि प्रशासनले कफ्र्यु लगाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>