खैरहनी

खैरेनीमा अपांगता भएका १२ जनालाई ह्विल चियर

Banner

चितवन, असार २३-

चितवनको खैरहनी नगरपालिकाले अपागंता (फरक क्षमता ) भएका व्यक्तिलाई ह्विल चेयर प्रदान गरेको छ ।

हिडडुलमा समस्या रहेका १२ जना त्यस्ता लक्षित व्यक्तिलाई मंगलबार ह्विल चियर सहयोग गरिएको हो ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, नगर प्रमुख लालमणि चौधरी र उपप्रमुख सुनिता थपलियाले संयुक्तरुपमा उनीहरुलाई ह्विल चियर हस्तान्तरण गरेका थिए । नगर भित्रका ती लक्षित व्यक्तिको अवस्था बुझेर उनीलाई सहयोग गरिएको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिइन् ।

सो अवसरमा प्रदेशसभा सदस्य खनालले फरक क्षमता भएका व्यक्तिलाई हेला गर्न नहुनेमा जोड दिँदै उनीहरुले पनि समाज परिवर्तनमा लाग्न सक्छु भन्ने मनोभावना लिएर अगाडि बढ्नुपर्ने बताए । नगर प्रमुख चौधरीले अपागंता प्राकृतिक कारणले हुने भएकाले त्यस्ता व्यक्तिलाई सम्मान, इज्जत र संरक्षण गर्नुपर्नेमा जोड दिए । फरक क्षमता भएका व्यक्तिको व्यक्तिगत विकास, क्षमता अभिवृद्धिलगायतका लागि योजना बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख चौधरीले बताए ।

यसैबीच खैरहनी नगरपालिकामा अपागंता भएका व्यक्ति संगठित भएका छन् । नगरपालिमा भएको उनीहरुको भेलाले गोबिन्दबहादुर थापाको अध्यक्षतामा नगरस्तरीय अपांग उत्थान समिति गठन गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले जानकारी दिइन् । समितिको उपाध्यक्षमा दिपेन्द्र शर्मा, सचिवमा दिपक न्यौपाने, कोषाध्यक्षमा मधुसूदन न्युरे, सहसचिवमा कल्पना केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा इश्वरी आचार्य, दुर्गाबहादुर भुजेल, हस्तबहादुर गुरुङ, कृष्णबाबु भुर्तेल, राधिका भण्डारी, विकनी चौधरी, शोभा चौधरी र सम्झना खरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>