राजनीति
माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोगमा
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2021/07/ex-maoist-uml-leader-badal-top-bahadur-lekhraj-prabhu-mani.jpg)
काठमाडौँ, असार २३ –
माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् । माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।
माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको एक नेताले दाबी गरे ।