खैरहनी

राहत र खोप उपलव्ध गराउन उद्योग बाणिज्य संघ खैरहनीको माग

०
Banner

चितवन, असार २३–

उद्योग बाणिज्य संघ खैरहनीले बाढीका कारण पीडित भएका व्यवसायीहरुलाई राहत उपलव्ध गराउनु पर्ने भन्दै स्थानीय सरकार खैरहनी नगरपालिका समक्ष माग गरेको छ । हालै गएको बाढीले खैरहनीको नयाँ पर्सा र पुरानो पर्सा समेत डुवाएको थियो ।

डुवानमा पर्दा पसलहरुमा क्षती भएको भन्दै संघले राहत उपलव्ध गराउन नगरपालिका समक्ष माग गरेको हो । संघका अध्यक्ष दिपेन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लालमणि चौधरीलाई माग पत्र पेश गरेका थिए । वजार क्षेत्रका ६३ जना व्यवसायीहरुको व्यवसायमा असर पुगेको संघका प्रथम उपाध्यक्ष कुमार खनालले बताए ।

त्यस्तै संघले उद्योगी व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलव्ध गराउन समेत माग गरेको छ । कोरोनाको असर कायमै रहेका वेला आफ्नो उद्योग व्यवसाय सहज रुपमा संचालन गर्ने अवस्था नरहेको भन्दै संघले संघमा आवद्ध व्यवसायीहरुलाई खोप लगाउने व्यवस्था मिलाउनु पर्ने माग गरेको हो ।

जवाफमा नगर प्रमुख लालमणि चौधरीले संघीय सरकारले उमेर समुह तोकेर निश्चित खोप पठाउने भएपनि आगामी दिनमा आउने खोपमा व्यवसायीलाई समेत समेट्न पहल गर्ने वताए । माग पत्र र ध्यानाकर्षण पत्र वुझाउन संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष कुमार खनाल,द्धितिय उपाध्यक्ष जगतवहादुर पाण्डे,तृतिय उपाध्यक्ष शिव प्रसाद उप्रेती,महासचिव केदार वर्तौला,सदस्य अर्जुन लम्साल नगरपालिका पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>