खैरहनी

राहत र खोप उपलव्ध गराउन उद्योग बाणिज्य संघ खैरहनीको माग

Banner

चितवन, असार २३–

उद्योग बाणिज्य संघ खैरहनीले बाढीका कारण पीडित भएका व्यवसायीहरुलाई राहत उपलव्ध गराउनु पर्ने भन्दै स्थानीय सरकार खैरहनी नगरपालिका समक्ष माग गरेको छ । हालै गएको बाढीले खैरहनीको नयाँ पर्सा र पुरानो पर्सा समेत डुवाएको थियो ।

डुवानमा पर्दा पसलहरुमा क्षती भएको भन्दै संघले राहत उपलव्ध गराउन नगरपालिका समक्ष माग गरेको हो । संघका अध्यक्ष दिपेन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लालमणि चौधरीलाई माग पत्र पेश गरेका थिए । वजार क्षेत्रका ६३ जना व्यवसायीहरुको व्यवसायमा असर पुगेको संघका प्रथम उपाध्यक्ष कुमार खनालले बताए ।

त्यस्तै संघले उद्योगी व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलव्ध गराउन समेत माग गरेको छ । कोरोनाको असर कायमै रहेका वेला आफ्नो उद्योग व्यवसाय सहज रुपमा संचालन गर्ने अवस्था नरहेको भन्दै संघले संघमा आवद्ध व्यवसायीहरुलाई खोप लगाउने व्यवस्था मिलाउनु पर्ने माग गरेको हो ।

जवाफमा नगर प्रमुख लालमणि चौधरीले संघीय सरकारले उमेर समुह तोकेर निश्चित खोप पठाउने भएपनि आगामी दिनमा आउने खोपमा व्यवसायीलाई समेत समेट्न पहल गर्ने वताए । माग पत्र र ध्यानाकर्षण पत्र वुझाउन संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष कुमार खनाल,द्धितिय उपाध्यक्ष जगतवहादुर पाण्डे,तृतिय उपाध्यक्ष शिव प्रसाद उप्रेती,महासचिव केदार वर्तौला,सदस्य अर्जुन लम्साल नगरपालिका पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>