मौसम

बुधबारदेखि तीन दिन भारी वर्षा हुने

Banner

चितवन,असार २२-

एक सातादेखि लगातार परेको पानी सोमबार बिहानदेखि रोकिएको छ। मनसुनी प्रणाली निष्क्रिय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सक्रिय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने महाशाखाको भनाइ छ। तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढी जोखिम हुनसक्ने जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा मुख्य २० वटा मौसम स्टेशनबाट गरिएको मापनमा हालसम्म ३६.७ प्रतिशत वर्षा भइसकेको छ। नेपालमा मनसुन अवधिभर (जेठ–१७ देखि असोज १५ गतेसम्म) एक हजार ४०२ मिलिमिटर औसत वर्षा हुने गर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>