देश/प्रदेश

चुनाव अघिको भाषण सम्झिँदा अहिले लाज लाग्छः रमेश प्रसाई

Banner

काठमाडौँ, साउन २२-

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले सरकारको चर्को आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पूरानो भाषण सम्झिँदा अहिले लाज लागेको बताए।

चुनाव अगाडी ‘सरकारी कार्यालयहरुमा त्यत्रो लाइन, रास्वपाको पालामा अन्ली अनलाइन’ भनेर भोट मागेको सम्झिँदै अहिले जताततै लाइन नै लाइन लागेको बताए।

त्यतिबेलाको भाषण सम्झिँदा अहिले लाज लाग्ने बताउँदै उनले भने,‘‘आज भात पकाउने ग्यासका लागि जनता दिनभरी, रातभरि, मध्यरातस्मम लाइन बसेका दृष्यले मलाई त साँच्चिकै लाज लागेको छ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरुका क्वार्टरमा अहिले ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गरे। उनले सरकारले भनेजस्तै ग्यास को आपूर्ती भए कालोबजारी गर्नेहरुलाई कारबाही गर्न माग गरे। उनले भने, ‘ग्यास ह्वारह्वारर्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>