शिक्षा
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि हुने
०

चितवन,असार २१-
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो । ‘परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेका छौं,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘सहमति आइसकेको छैन । तर पनि साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’
परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























