राजनीति
प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे भीम रावल

काठमाडौं,असार २०-
नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । आइतबार बिहान ओली पक्षीय नेता एवं मन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटसँगै वार्ता गरे पनि असफल भएको केही घन्टामै नेता रावल बालुवाटार पुगेका हुन्।
नेता रावल वार्ताका लागि प्रधानमन्त्री निवासमा पुगेको मात्र बताइएको छ । नेता नेपालसँग निकट रहेका रावल नै नेपाललाई रिझाउन सक्ने भएकाले उनलाई बालुवाटार वार्ताका लागि बोलाइएको बताइएको छ । साथै, एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दिएको दुई दिनको असमय भोलि सकिँदैछ ।
ओली पक्ष भने उक्त अल्टिमेटम अघि नै दुई पक्षबीच सहमति जुटाउन अग्रसर रहेको छ तर, नेता नेपालले भने ओली समूहको उक्त प्रस्तावलाई अस्विकार गर्दै आएका छन् ।
























