राजनीति

प्रेम सञ्जेलले भनेः नेता मात्र होइन कर्मचारी झन भ्रष्ट छन्

Banner

काठमाडौं,असार २०-

निजामती सेवामा ४० वर्ष बिताएर सेवानिवृत्त भएका उपसचिव प्रेमप्रसाद सञ्जेलले घर जाने बेला सामाजिक सञ्जालमा नेपालमा नेता मात्र होइन कर्मचारी पनि उत्तिकै भ्रष्ट भएको लेखेका छन्।

५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकाश पाएका उनले सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भएको बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, अरुले नगरेको तर तैंले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्कें भन्छ। पाए घुस खान्छ। नपाए अफिसको कमिसन खान्छ। भ्रस्टाचार गर्छ। बाल बचेरा विदेशमा पढाउँछ। यस्ताले त भैँसी पालेर बसे कसो होला ?

विदा भएर जाने बेला गरिने अबीर मालालाई उनले कालो अनुहार छोप्ने हत्कण्डा मात्र बताए। सँधैको लागिु घर जान विदा हुँदा जनताको रगत चुसेर भित्री शरीर जुकाको जस्तो रगतले ढाँडिएर रातोपिरो पारेर बाहिरी शरीर र घुस्याहा कालो अनुहार तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अबीर दलाएर तथाकथित विदाई समारोहको प्रायोजनु गर्ने भए पनि आफूले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेको उनको दाबी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>