राजनीति

ओली-नेपालबीच टेलिफोन कुराकानी,सहमतिको प्रस्ताव तयार हुँदै

Banner

काठमाडौं,असार १९-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। केहीबेर अघि उनीहरूबीच टेलिफोन कुराकानी भएको स्रोतले बताएको छ। उनीहरूबीच अहिलेको पार्टीको राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।

यसअघि नेता घनश्याम भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। पार्टी एकताका लागि दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन्। हिजै दुवै पक्षले सहमतिका लागि प्रयास गर्दा पनि माधव नेपाललाई उनीहरूले भेट्न सकेका थिएनन्। जेठ २ मा फर्किनको लागि उनीहरूले सहमतिको प्रस्ताव तयार पारेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>