Breaking News

तस्विरमा हेरौं नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुङ्गा (फोटोफिचर)

  • Logo
    app haru
  • १८ असार २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड

चितवन, असार १८
नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा ठूलो ढुङ्गा खसेको छ । भरतपुर महानगरपालिका– २९ मा पर्ने १४ किलोमा हिजो राति ढुङ्गा खसेको हो । ढुङ्गालाई अहिलेसम्म हटाउन सकिएको छैन ।

ढुङ्गा ठूलो भएका कारण यसलाई फुटाएर हटाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका ईञ्जिनियर शिव खनालले एक्साभेटरले धकलेर ढुङ्गा अन्यत्र सार्न सक्ने अवस्था नभएकाले फोर्ने तयारी गरिएको छ ।

सडकको छेउमा रहेको पहिरो पन्छाएर सो स्थानमा एकतर्फी यातायात सञ्चालन गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गा सडकको बीच भागमै रहेको छ । ढुङ्गा सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो ।

निरन्तर परिरहेको झरीले सो सडकखण्डको ठाउँठाउँमा पहिरो गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>