चितवन विशेष

क्यान्सर अस्पतालमा क्लिनिकल अङकोलोजी तालिम

Banner

भरतपुर, १६ असार
चितवनको भरतपुरस्थित वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्लिनिकल अङकोलोजी तालिम सुरु गरिएको छ । कुनै पनि विषयमा बिज्ञता हासिल गरेका चिकित्सकलाई क्यान्सर रोगको उपचार सम्बन्धी विशिष्टकृत अध्ययन र तालिम गराउन यो कोर्स सुरु गरिएको हो ।

तालिममा जनरल सर्जरी, मेडिसिन, रेडियोलोजी र अन्य कुनैपनि मेडिकल क्षेत्रमा स्नातकोत्तर गरिसकेपछि एकबर्ष काम गरेका चिकित्सकहरु सहभागि हुन पाउने अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले जानकारी दिनुभयो । “यो क्यान्सर रोग समम्बन्धी विशेषज्ञ उत्पादन गर्ने पहिलो स्टेप हो,उहाँले भन्नुभयो’, नेपालमै पहिलोपटक क्यान्सर अस्पतालमा तालिम संचालन गरिएको छ ।” तालिमबाट विषय विशेषज्ञ चिकित्सक उत्पादन हुने र अधुरो उपचार हुने सम्भावना कम हुने गौतमको भनाई छ । कतिपय अस्पतालमा क्यान्सरको उपचार असफल हुने गरेकोमा आगामी दिनमा सुधार हुने उहाँले बताउनुभयो ।

देशका विभिन्न अस्पतालमा नयाँ विशिष्टकृत सेवा दिनसकेमा आम क्यान्सर रोगका विरामी लाभाम्वित हुने उहाँको विश्वास छ । “पहिलो चरणमा क्यान्सर अस्पताल बाहेकका अस्पताल जहाँ क्यान्सरका विरामीको उपचार गरिन्छ, त्यहाँ कार्यरत चिकित्सकलाई प्राथमिकता दिएका छौं,उहाँले भन्नुभयो । ”

पहिलो चरणको तालिममा १३ जना चिकित्सक सहभागी भएका छन । आगामी बर्षदेखि १८ जना चिकित्सकलाई सेवा दिने अस्पतालले जनाएको छ । क्यान्सर अस्पतालमा यसबाहेक नर्सिङ विषयको अध्यापन भइरहेको छ । क्यान्सर अध्ययन केन्द्र अवधारणका अनुरुप क्यान्सरको सबै अध्ययन अनुसन्धान यहाँ हुनुपर्छ भन्ने माग सरकारसंग राखेको गौतमले बताउनुभयो । अस्पतालमा बार्षिक २५ हजार नयाँ विरामी र १ लाख ५० हजारको हाराहारीमा नियमित स्वास्थ्य परीक्षणका लागि विरामी आउने गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>