समाचार

सपना रोका मगरसहित १७ जना अभियन्ता पक्राउपछि रिहा

Banner

काठमाडौं, असार १४ –

बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित १७ जना अभियन्ता पक्राउपछि रिहा भएका छन् । प्रहरीले ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरूमाथि धरपकड गरी अनामनगरको पूर्वी गेट अगाडिको सार्वजनिक जग्गा खाली गराएका हुन् ।

हाम्रो टिम नेपालले सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएको प्रहरीको आरोप छ । अभियन्ताहरू पक्राउपछि काठमाडौं महानगरपालिकाले टहरा हटाइदिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौं महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइदिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटकपटक उनीहरूलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>