राजनीति

ओलीसँग ३ वर्ष संगत गरेर दुःख पाएः प्रचण्ड

Banner

काठमाडौं,असार १४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थका लागि जस्तोसुकै सहमति पनि गर्ने बताएका छन्।

प्रधानमन्त्री ओली विचित्रको मानिस भएको प्रचण्डको टिप्पणी छ। ‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन्,’ वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘जरूरी परेमा माधवजीको खुट्टा ढोग्न सक्छन्। सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि प्रचण्डको भनाइ छ। प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको उनको आरोप छ। ओलीसँग ३ वर्ष संगत गरेर दुःख पाएको प्रचण्डको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>